सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीद्वारा ९ लाखको अवैध सामान बरामद

२०७७ चैत्र २६, ०८:१२ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रहरीले ९ लाख बढिको अवैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट ९ लाख ३ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार मात्र बेलौरी नगरपालिका क्षेत्रबाट साढे ४ लाखको अवैध सामान बरामद गरेको जानकारी दिए।

उनकाअनुसार बुधबार साँझ बेलौरी नगरपालिका–२  बन्धातालस्थित भन्सार छली पैठारी गरि ल्याएको प्लाष्टिक बोतल, सुट, झुल, धोती, रातो रङको कपडा र म.२ प. १६०२ नम्बरको मोटरसाइकल समेत गरेर ४ लाख ५१ हजार रुपैयाँको सामान बरामद गरिउको हो। 

ती सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय त्रिनगर कैलाली  पठाईएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

यस्तै, केही दिन अघि पनि २ लाख मूल्य पर्ने बेलौरी नगरपालिका क्षेत्रबाट नै ३ वटा मोटरसाइकल र २ वटा स्कुटर पनि बरामद गरेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले बताए। 

मंगलबार मात्र भमिदत्त नगरपालिका– ४ चम्मनचोकबाट भन्सार छली गरेर ल्याइरहेको अवस्थामा ६४ थान लेडिज सुट र १९ थान साडी समेत गरेर साढे ७३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

मंगलबार नै कृष्णपुर नगरपालिका–५ गुलरिया वनदेबी जंगल नजिकबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा साढे ५७ हजार बराबरको ४८ थान लेडिज सुट र शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट ल्याउदै गरेको अवैध चिनी,खाने तेल,स्याम्पु र डेरी क्रिम चकलेट  समेत गरेर १८ हजार ४ सय अवैध सामान पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस