सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका केन्द्रीय सदस्य रहेका पूर्व मन्त्री बोहरासँग माओवादीले माग्यो स्पष्टिकरण !

२०७७ चैत्र २६, ०६:३९ खबर संवाददाता

धनगढीः हालै नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका पूर्व मन्त्री समेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बोहरासँग माओवादी केन्द्रले स्पष्टिकरण मागेको छ। 

माओवादी केन्द्रको तत्कालीन केन्द्रीय सल्लाहकार सदस्य पनि रहेका बोहरालाई सुदूरपश्चिम प्रदेश कमिटि सचिव नेपबहादुर चौधरीले एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ?  भनेर स्पष्टिकरण सोधेका छन्।  

उनलाई २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिइएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ को प्रदश ख बाट माओवादी केन्द्रबाट निर्वाचित भएका बोहरा प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन्।

नेकपा विभाजन भएका बेला मन्त्री पदबाट राजीनामा दिएर प्रधानमन्त्री एवंम् तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर लागेका बोहरा अहिले एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि बोहरा एमालेतिर लागेका थिए। 

कमेन्ट लोड गर्नुस