सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकी प्रदेशका माओवादी मन्त्रीहरुले दिए राजीनामा

। फोटो स्रोत ।
२०७७ चैत्र २५, ०२:११ खबर संवाददाता

काठमाडौँ: गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन्।

मन्त्री चुमानले पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताउँदै पदबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस