सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पुरुष मृत फेला प्रकरणः मृतकका आफन्त आन्दोलित, प्रहरीद्वारा बल प्रयोग

२०७७ चैत्र १९, ०३:४६ खबर संवाददाता

धनगढीः धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन्।

प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका छन्।

सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ।

बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २ दिनदेखि होटलमै बसिरहेका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत युवतीलाई गएराति नै नियन्त्रणमा लिएको थियो।

तर मृतकका आफन्तले घटना शंकास्पद रहेका बेला प्रहरीले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्। 

उनीहरुले आफूहरुको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप समेत लगाएका छन्। 

सम्बन्धित समाचार 

धनगढीको होटलमा एक जना मृत भेटिए

धनगढीको होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुल्यो

धनगढीमा पुरुष मृत फेला प्रकरणः होटलमा कार्यरत युवती प्रहरीको नियन्त्रणमा

कमेन्ट लोड गर्नुस