सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा फर्किए सुदूरपश्चिमका सांसद जोशी

२०७७ फाल्गुन २४, १२:५८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन्।

पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन्।

जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए।

सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।

कमेन्ट लोड गर्नुस