सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलि सार्वजनिक विदा

२०७७ फाल्गुन २३, ०१:४२ खबर संवाददाता

धनगढी: सरकारले भोलि सार्वजनिक विदा दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र(खण्ड ६९) मा उल्लेख छ। 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।

कमेन्ट लोड गर्नुस