सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्यालय हिँडेका एक किशोर ४ दिनदेखि बेपत्ता

२०७७ फाल्गुन २३, १२:४४ खबर संवाददाता

धनगढी: कैलालीबाट एक किशोर बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमाराका १६ वर्षीय प्रकाश ओली बिहिबार(फागुन २०) बाट बेपत्ता भएका हुन।  

कक्षा ८ मा अध्ययनरत उनी विद्यालयका लागि हिँडेकोमा हालसम्म अज्ञात अवस्थामा रहेको परिवारले जनाएको छ। 

प्रकाशको खोजीका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएको र सबै साथीहरुलाई बुझिरहेको उनका काका गोबिन्द ओलीले बताए। 

साथै उनले प्रकाशलाई फेला पार्ने जोसुकैलाई पनि मोबाइल नम्बर ९८६५६८९१११ र ९८०४५१३७८४ मा सम्पर्क गर्न आग्रह गरेका छन्। 


 

कमेन्ट लोड गर्नुस