सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा १ लाख ९४ हजार बढीको अवैध सामान बरामद

२०७७ फाल्गुन १७, १०:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बलले १ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ।

बोर्डर आउट पोष्ट दोधारा चाँदनी र ब्रह्मदेवबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका विभिन्न प्रकारका औषधि र प्रतिबन्धित अण्डा गरि १ लाख ९४ हजार १ सय ५६ मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएको अण्डालाई पशु क्वारेन्टाईन कार्यालय र औषधिलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस