सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दिया राष्ट्रिय निकुञ्जमा एक पुरुषलाई बाघले झम्टेर लग्यो

। फोटो स्रोत ।
२०७७ फाल्गुन १७, ०९:०२ खबर संवाददाता

धनगढीः बर्दिया राष्ट्रिय निकुञ्जमा एक पुरुषलाई बाघले झम्टेर लगेको छ। 

सोमबार बर्दिया राष्ट्रिय निकुञ्जमा भैँसी चराउन गएका एक पुरुषलाई बाघले झम्टेर लगेको हो।

बर्दिया राजापुर नगरपालिका वडा नम्बर १० का एक वृद्धलाई बाघले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका वडा नम्बर ६ नौरङ्गापुरबाट झम्टेर लगेको बताइएको छ।

बाघले लगेका पुरुषको हात्तीको सहयोगमा खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए। गत पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरिरहेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो।

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ। 
 

कमेन्ट लोड गर्नुस