सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. भट्टराईलाई क्यान्सर देखिएन

२०७७ फाल्गुन १७, ०५:२५ खबर संवाददाता

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन्।

बायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पेट सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।

देखिएको ट्युमरलाई भने  ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ।

यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएको पाण्डेले जानकारी दिए।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। 

कमेन्ट लोड गर्नुस