सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यानमारमा १८ जना आन्दोलनकारी मारिए

। फोटो स्रोत ।
२०७७ फाल्गुन १७, ०५:५४ खबर संवाददाता

शान्तिपूर्ण जनप्रदर्शन दबाउन म्यानमारका सुरक्षाकर्मीले गोली प्रहार गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ। अरु दर्जनौँ प्रदर्शनकारी घाइते बनेका छन्।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि नै यहाँ निरन्तर प्रदर्शन हुँदैआएको छ। आइतबारको जनप्रदर्शन पछिल्ला केही दिनयताकै विशाल भएको स्थानीय मिडियाहरुले जनाएका छन्। शान्तिपूर्ण प्रदर्शन दबाउन सेना र प्रहरीले आइतबार गोली प्रहार गर्नुका साथै थुप्रै रबरका गोली र पानीको फोहोरा प्रहार गरेको हे। झडपको क्रममा ३० जना भन्दा धेरै घाइते छन्।

देशकै ठूलो सहर यंगुन सहित विभिन्न सहरमा उठेका जनप्रदर्शनमाथि प्रहरीले ठूलो मात्रामा अश्रुग्यास, हवाइ फायरिङ र रबरका गोली प्रहार गरेको छ। पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै जाँदा सेना पनि आक्रामक रुपमा प्रस्तुत भएको छ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेसँगै आन सान सू चीसहित थुप्रै नेता तथा कार्यकर्तालाई नजरबन्दी बनाएर नियन्त्रणमा राखेको छ। तर उनीहरुको रिहाइको माग गर्दै हरेक दिन प्रदर्शन उठिरहेको छ। यसअघि अघिल्लो साता पनि प्रदर्शनको क्रममा २ जना मारिएका थिए।
 

कमेन्ट लोड गर्नुस