सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाइटर पड्किँदा आगलागी, दश लाखको क्षति

२०७७ फाल्गुन १६, ०६:२२ रासस

भरतपुर : चितवन माडीको एक घरमा अचानक लाइटर पड्कँदा आगलागी भएको छ। माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको हो।

स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए। गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो।

आगलागीबाट मानवीय क्षति भएको छैन। एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिए। आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ।

गर्मी मौसमको सुरुवात आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस