सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७७ फाल्गुन १६, ०५:३० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–६ का शेरबहादुर रोकाया रहेका छन्। 

जिल्ला अदालको फैसलाले उनलाई २०७६ बैशाख १ गते १ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाएको थियो। 

पक्राउ परेका रोकायालाई अदालतमा पेश गराएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

भन्सार छलेर भित्र्याइएका सामान बरामद 
कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका ५६ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–१३ बाट चिनी, सलाई लगायतका ५६ हजार ३ सय ५० मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ। 

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए। 

कमेन्ट लोड गर्नुस