सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती : अविश्वासको प्रस्ताव राख्नुस्, ओलीलाई हटाएर देखाउनुस्

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १६, ०५:११ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्।

झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशको विकास रोक्न आफूलाई हटाउन खोजेको दाबी गरे।

ओलीले  आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको बताए।

जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे।

ओलीले यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा पनि अविश्वासको प्रस्ताव राखेर हटाइएको स्मरण गर्दै भने, ‘संसदीय दलको नेता केपी ओली हो। म राजीनामा दिन्नँ। तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो। केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस्। हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु।’ 

कमेन्ट लोड गर्नुस