सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको नक्कली फेसबुक पेज बनाउने पक्राउ

२०७७ फाल्गुन १६, ०४:५५ खबर संवाददाता

काठमाडौं: नेपाल प्रहरीको साइबर ब्युरोको लोगो प्रयोग गरी नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर नागरिकलाई भ्रममा पार्ने र आपराधिक लाभसमेत लिन खोजेको आरोपमा कपिलवस्तुको वाणगङ्गा घर भइ रुपन्देहीको सैनामैना नगरपालिका बस्ने प्रत्ज्वल पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पोख्रेललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइने साइबर ब्युरोले जनाएको छ।  

कमेन्ट लोड गर्नुस