सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले भने "विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ"

२०७७ फाल्गुन १६, ०४:२६ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका छन् । 

आइतबार झापाको कमल गाउँपालिकामा नेपाल–चीनमैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका हुन् । 

‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,’ ओलीले भने । 

कमेन्ट लोड गर्नुस