सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करिब साढे ३ लाख बराबरका सामान बरामद

२०७७ फाल्गुन १६, ११:४७ खबर संवाददाता

धनगढी: सशस्त्र प्रहरीले कञ्चनपुरमा करिब साढे ३ लाख बराबरका भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतको बोडर आउट पोष्ट बयलबन्दा र गड्डाचौकीबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली नेपाल ल्याइदै गरेको ३ लाख ३५ हजार बराबरका सामान बरामद गरेको हो। 

बरामद भएका माछाका भुरा, साइकल, सुन तथा चाँदीको गहना राख्ने बट्टा आवश्यक कारवाहीका लागि पशुक्वारेन्टिन कार्यालय र भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए। 
 

कमेन्ट लोड गर्नुस