सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका दुई ठाउँमा आगलागी, झण्डै १ लाखको क्षति

२०७७ फाल्गुन १६, ०९:३९ खबर संवाददाता

धनगढीः कञ्चनपुरका दुई ठाउँमा आगलागी हुँदा झण्डै १ लाख मूल्य बराबरको क्षति भएको छ।

जिल्लाको दोधाराचाँदनी नगरपालिका– ६ सुनाखरी टोल बस्ने पदम दमाइको काठले निर्माण गरिएको एक तले कच्ची घरसँगै जोडिएको गोठमा अचानक  आगलागी भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले आगलागीबाट कपडा, भाडा वर्तन र नगद २० हजार जलेर नष्ट भएको बताए। 

यस्तै, कृष्णपुर नगरपालिका–६ वालुवाफाँटा बस्ने भागीराम चौधरीको भान्छा कोठाबाट आगो सल्किदा आगलागी भएको छ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार आगलागीबाट गोठमा रहेका पराल, भुसा लगात गरि अन्दाजी ६० हजार बराबरको क्षति भएको छ। 
 
 

कमेन्ट लोड गर्नुस