सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ३ लाखको अवैध सामान बरामद

२०७७ फाल्गुन १६, ०७:२५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले ३ लाख बढिको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र मातहतका बोडर आउट पोष्ट तथा सीमा गस्ती टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३ लाख ३ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरेको हो।  

बरामद गरिएका सामानमा माछाका भुरा, साईकल, सुन तथा चाँदीको गहना राख्ने बट्टा लगयातका सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ।

ती सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय गड्डाचौकी र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ।
 

कमेन्ट लोड गर्नुस