सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ग्रेडरको ठक्करबाट १ जनाको मृत्यु

२०७७ फाल्गुन १६, ०७:१२

धनगढीः कैलालीमा ग्रेडरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–१ बजारीमा बा २ क २१३५ नम्बरको ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४८ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ग्रेडरको ठक्करबाट गम्भीर घाइते भएका छेलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जनाएको छ। 

ग्रेडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस