सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनातन संस्कृति समाज सुदूरपश्चिमद्वारा हिन्दु राष्ट्रको माग

२०७७ फाल्गुन १५, ०५:१२ खबर संवाददाता

धनगढीः सनातन संस्कृति समाज नेपाल सुदूरपश्चिम प्रदेश समितिले हिन्दु राष्ट्रको मागसहित शनिबार धनगढीमा भेला सम्पन्न गरेको छ।

‘राष्ट्रियता, समुन्नती र स्वाभिमान, सनातन संस्कृति समाज नेपालको अभियान’ भन्ने मुल नाराका साथ भेलाको आयोजना गरिएको थियो। 

सनातन संस्कृति समाज काठमाण्डौँका अध्यक्ष हरिबोल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सनातन संस्कृति समाज काठमाण्डौँका सहअध्यक्ष तारानाथ लुइटेल, प्राध्यापक डक्टर हेमराज पन्त, काठमाण्डौँबाट विष्णु भट्टराई र पुष्प पराजुलीको विशेष उपस्थिति रहेको थियो। 

कार्यक्रमको सुरूवातमा चौराहादेखि कार्यक्रमस्थल पार्कमोडसम्म बाजागाजासहित र्‍यालीको आयोजना गरिएको थियो। 

र्‍यालीमा विश्व हिन्दु महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समिति, पतञ्जली योग समिति कैलाली, छठ पुजा सेवा समिति कैलाली र श्री हनुमान आराधना सेवा समितिलगायतको सहभागिता रहेका थियो।

कमेन्ट लोड गर्नुस