सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरी कार्यालय कैलालीद्वारा ट्राफिक नियमबारे प्रशिक्षण

२०७७ फाल्गुन १५, ०३:४६ खबर संवाददाता

धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ। 

शनिबार यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुन पुगेका प्रशिक्षार्थीहरुलाई कार्यालयले प्रशिक्षण दिएको हो। कार्यालयले करिब २ हजार २ सय जनालाई विभिन्न ट्राफिक नियमबारे जानकारी गराइएको बताएको छ। 

उनीहरुलाई ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहराले प्रशिक्षण दिएका थिए।  

प्रशिक्षार्थीहरुलाई ट्राफिक नियमका साथै ओभरटेक गर्दा साईड लाईटको सही प्रयोग, लेन अनुशासन, सुरक्षित सडकको प्रयोग र ट्राफिक संकेतको पालना सम्बन्धी जानकारी दिइएको प्रहरी निरीक्षक बिरेन्द्र बोहराले बताए। 

कमेन्ट लोड गर्नुस