सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल विवाह गर्ने बेहुला र उनका बुवा पक्राउ

२०७७ फाल्गुन १५, ११:०१ खबर संवाददाता

काठमाडौं: बाल विवाह गर्ने बेहुला र उनका बाबुलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। 

वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ।

आरोपितलाई बाल विवाह सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस