सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ११, ०२:०७ खबर संवाददाता

काठमाडौं: शिशुको हत्या गरेको आरोपमा शिशुका आमाबाबुसहित ५ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरी रहेका छन्। 

१ वर्षीय शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शव पनि निकालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस