सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताद्वारा बस तोडफोड

फाईल फोटो
फाईल फोटो
२०७७ फाल्गुन ११, ०६:२७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताले बसमाथि तोडफोड गरेका छन्।

जिल्लाको बेलौरी नगरपालिकामा गएराति दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमबाट प्रधानमन्त्री ओलीको भाषण सुनेर फर्किने क्रममा बसमाथि तोडफोड भएको बताइएको छ। 

तोडफोड गर्नेहरु नेकपाका कार्यकर्ता रहेको बताइएपनि प्रहरीले भने पहिचान खुल्न नसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बस चालकले गन्तव्य सम्म पुगाउन जान नमानेको भन्दै तोडफोड गरेको बुझिएको बताए।

उनकाअनुसार तोडफोडबाट ना ३ च ७७४३ नम्बरको बस र सुपप्र ख ९६२ नम्बरको बसका सिसा फुटेका छन्।

उनीहरुले चालकको नगद २० हजार पनि लुटेर लगेको बुझिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस