सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल(भिडियोसहित)

२०७७ फाल्गुन ५, ०६:५१ खबर संवाददाता

धनगढीः धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारी दुई समूहमा विभाजित भएपछि विवाद सिर्जना भएको छ। 

सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुबीच साधारणसभाको विषयलाई लिएर द्वन्द सिर्जना भएपछि विवाद बढेको छ। प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई बाइपास गर्दै सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद चर्किएको हो। 

बुधबार कार्यालयमा आमनेसामने भएका दुबै समूहबीच हात हालाहाल समेत भएको छ। तर प्रहरीको उपस्थितीका कारण झडप हुनबाट जोगिएको थियो।

खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरेको जनाएको छ। जाेशी समूहले ३ वर्षसम्म साधारण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ समिति गठन गरको दावी खोलौलाको छ। 

खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले पनि सञ्चालक सदस्यहरु बिच द्वन्द सिर्जना भएको बताए।

खोलौलाको समूहले सञ्चालक सदस्यहरुलाई झुक्याएर सहभागी गराइ साधारणसभा गरेको आरोप जोशी समूहको छ। गत माघ १५ गते सम्पन्न भएको उक्त साधारण सभाले दिलबहादुर खोलौलालाइ अध्यक्षमा निर्वाचित गरेको थियो। तर जोशी समूहले भने आफ्नै नेतृत्वमा रहेको समूह आधिकारी भएको बताउदै आएका छन्। 

बुधबार खोलौला समूहले कार्यालयमा आफ्नो समितिको नामसूचिको बोर्ड टासेर कार्यालय नियन्त्रणमा लिन खोजेपछि केहीबेर उक्त स्थानमा तनाव सिर्जना भएको थियो। 

दुई समूह बिच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले नियन्त्रण गरेको थियो।
 

कमेन्ट लोड गर्नुस