सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

२०७७ माघ १३, १०:४८ रासस

रोमः इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराएका छन्। 

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गरेका छन्। 

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ ।

गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गरेका छन्, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछन्। 

वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए। 
 

कमेन्ट लोड गर्नुस