सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

२०७७ माघ १३, ०३:४५ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री केपी ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन्। अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले मंगलबार अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। 

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन्।

कमेन्ट लोड गर्नुस