श्रममन्त्री चौधरीद्वारा अवैध अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमाथिको कारबाही फुकुवा
काठमाडौँ: श्रममन्त्री गौरीशंकर चौधरीले कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमाथिको रोक्का फुकुवा गरेका छन्।
गत मंसिर ८ गते वैदेशिक रोजागार विभागले एसओएस सर्भिसेस म्यानपावर कम्पनी, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल गरी ३ म्यानपावर कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो।
तर श्रममन्त्री चौधरीले एसओएस सर्भिसेसमाथिको रोक्का खोलिदिएका छन्।
अवैधरुपमा अन्तर्वार्ता लिएको भन्दै विभागले छानबिन गर्न ती म्यानपावरको कारोबार ६ महिनाको लागि रोक्का गरेको थियो।