सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीसहित होटल पुगेका युवक कोठामै मृत भेटिए

२०७७ माघ १२, ०७:०० खबर संवाददाता

काठमाडौँ: एक होटलमा युवतीसहित पुगेका युवक मृत अवस्थामा भेटिएका छन्। 

सोमबार काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ मृत भेटिएका हुन। 

कोठा बुक गरेर छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको प्रहरीले जनाएको छ। 

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

कमेन्ट लोड गर्नुस