सुदूर नेपाललाई विश्वसँग जोड्दै

करिब ३ करोड ठगीको आरोपमा स्कुलका सञ्चालक पक्राउ

२०७७ माघ १०, ०६:२६ खबर संवाददाता

काठमाडौं: पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वल्र्ड स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन्। 

ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार स्कुलका सञ्चालकद्वय शिरीष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको हो।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए।

तर जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरी छ।

सो मुद्दामा स्कुलका अन्य सञ्चालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस