सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने ८४ वर्षीय वृद्ध पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १०, ०६:२१ खबर संवाददाता

काठमाडौं: १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका ८४ वर्षीय वृद्ध पक्राउ परेका छन्। 

सल्यानको कपुरकोट गाउँपालिका गाडापानीका ८४ वर्षीय जीतलाल बोहरालाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको हो। 

२०७३ माघ ७ गते बालिकामाथि बलात्कार गरेको कसुरमा सल्यान जिल्ला अदालतले बोहोरालाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो।

पक्राउ परेका उनलाई अदालतमा बुझाएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले बताए।
 

कमेन्ट लोड गर्नुस