सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको सिद्धनाथ क्रसर उद्योगले गर्‍यो एक विद्यालयलाई आर्थिक सहयोग

२०७७ माघ १०, ०६:१० खबर संवाददाता

धनगढी : कञ्चनपुरको सिद्धनाथ क्रसर उद्योगले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

शनिबार वेदकोट नगरपालिकाको वडा नम्बर ९ सुन्दरपुरस्थित उक्त उद्योगले उदयदेव माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । 

सो सामुदायिक विद्यालयको आर्थिक अवस्थामा केही टेवा पुगोस् भन्ने हेतुले नगद ५ लाख रुपैयाँ सहयोग गरिएको उद्योग सञ्चालक तेज बहादुर चन्दले बताए ।

क्रसर उद्योगका सञ्चालक चन्द, सो वडाका अध्यक्ष रामसिंह धामी लगायतको सहभागितामा विद्यालयका प्रधानाध्यापक महेश्वर भट्ट र व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ ।

कमेन्ट लोड गर्नुस