सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा आगलागीका कारण मृत्यु हुनेको सङ्ख्यामा १३ दशमलव ६ प्रतिशतले कमी

२०७७ माघ ९, ०९:३१ रासस

बेइजिङ्गः सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ। 

यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ६ प्रतिशतले कम रहेको सरकारी अधिकारीले शुक्रबार बताएका छन्।

विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटना भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ४ प्रतिशतले कम हो। 

आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो। यो सन् २०१९ को तुलनामा ० दशमलव ५ प्रतिशतले कम हो।

यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस