सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकसित सुरक्षा चुनौतीका लागि तयार रहन प्रधान सेनापति थापाको निर्देशन

२०७७ माघ ९, ०९:०८ खबर संवाददाता

देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतीका लागि तयार रहन सैनिक अधिकृतहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका छन्।

नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको जंगी अड्डा भद्रकालीमा समापन गर्दै उनले अधिकृतहरुलाई निर्देशन दिएका हुन्। 

संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहेको बताउँदै उनले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाको रुपमा विकास गर्ने बताए।

राष्ट्रिय सुरक्षा नीति विकसित हुने राष्ट्रिय प्रतिरक्षा र राष्ट्रिय सैनिक रणनीति सेनाको लागि महत्वपूर्ण मार्ग निर्देशनसमेत भएको उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस