सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मृत भेटिएका प्रहरी जवान चौधरीको सम्झनामा दिप प्रज्वलन

२०७७ माघ ९, ०८:१७ खबर संवाददाता

धनगढीः धनगढीमा मृत भेटिएका प्रहरी जवान जीवन चौधरीको सम्झनामा दिप प्रज्वलन गरिएको छ। 

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० भैँसासुरकाका प्रहरी जवान चौधरीको सम्झनामा आफन्तहरुले दिप प्रज्वलन गरेका हुन्। 

आफन्तहरुले भैसासुरमा शुक्रबार साँझ दिप प्रज्वलन गरेका मृतका दाजु दिपेन्द्र चौधरीले बताए। प्रहरी जवान जीवन गत माघ १ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका थिए।

कमेन्ट लोड गर्नुस