सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीद्वारा ७५ हजार ७५० मूल्य बराबरको अवैध कुखुरा नष्ट

२०७७ माघ ९, ०७:१० खबर संवाददाता

कञ्नपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७५ हजार ७५० मूल्य बराबरको अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ। 

विभिन्न मितिमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ हजार ७५० मूल्य बराबरको बोइलर कुखुरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। 

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर-३ स्थित रामबस्तीबाट अवैध रूपमा भन्सार छलेर ल्याउदै गरेको ३६ हजार ७५० मूल्य बराबरको २४५ किलो बोईलर कुखुरा बरामद गरि नष्ट गरिएको छ। त्यसैगरि बेलौरीको पचुई क्षेत्रबाट ३० हजार मूल्य बराबरको १ सय कुखुरा र भीमदत्त नगरपालिका-४ बजार क्षेत्रबाट ९ हजार मूल्य बराबरको ४६० चल्ला बरामद गरि नष्ट गरिएको छ।

कुखुरा ल्याउन प्रयोग गरिएका तीन वटा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइने प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए।

 

कमेन्ट लोड गर्नुस