सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यकर्तालाई निर्वाचन घोषणापत्र सुनाउँदै भीम रावलले भने,‘ओली जी कति झुटमाथि झुट बोल्नुहुन्छ’

२०७७ माघ ९, ०५:४० खबर संवाददाता

धनगढीः नेकपा (प्रचण्ड–नेपाल) समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले एक झुट लुकाउन झुटमाथि झुट बोल्दै हिडेको आरोप लगाएका छन्।

कैलाली निर्वाचन क्षेत्र नं ५ स्तरीय नेता कार्यकर्ता प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले संविधान मात्रै होइन, आफै हस्ताक्षरित निर्वाचन घोषणापत्र, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि जारी राजनीतिक प्रतिवेदनलाई लत्याउँदै झुटमाथि झुुट बोल्दै हिडेको दाबी गरेका हुन्।

निर्वाचन घोषणपत्र र राजनीतिक प्रतिवेदन सुनाउँदै नेता रावलले ती दस्तावेजमा सरकारले काम कसरी गर्ने, कृषि लगायत क्षेत्रमा के–के काम गरेर अगाडि बढ्ने, छिमेकी सँग कस्तो सम्बन्ध कायम गर्नेलगायत सबै कुरा उल्लेख भएपनि मनलाग्दी रुपमा हिडेको आरोप लगाए। जुन कुरालाई रोक्न खोज्दा प्रधानमन्त्री ओलीले काम गर्न नदिएको भन्दै हिडेको बताएका हुन्।

उनले भने, ‘दस्तावेज अनुसार काम नहुँदा हामीले दस्तावेज विरोधी काम गर्ने तपाईलाई छुट छैन मात्रै भनेका छौ।’

कमेन्ट लोड गर्नुस