सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि केपी ओलीसँग झुक्दैनौं :माधव नेपाल

२०७७ माघ ९, ०३:२७ खबर संवाददाता

काठमाडौं :  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । 

आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनःस्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’ 

तर त्यस्तो जवाफ नआएको भन्दै उनले भने, ‘फेरि केपी ओलीसँग झुक्ने काम गर्ने छैनौं ।’

कमेन्ट लोड गर्नुस