सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ७ वर्षदेखि फरार प्रतिवादी पक्राउ

२०७७ माघ ९, १०:४८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ७ वर्षदेखि फरार सवारी ज्यान मुद्धाका प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ।

२०७० सालमा जिल्ला अदालतबाट १ वर्ष ११ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका ३ देखतभुलीका कालुराम बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बिकलाइ कृष्णपुर नगरपालिका क्षेत्रबाटै पक्राउ गरिएको बताए। 

बिकलाइ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

कमेन्ट लोड गर्नुस