सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ जना मृत भेटिए

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ९, ०७:१९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ससुराली गएका युवक मृत अवस्थामा फेला परेका बेला अन्य २ जना समेत मृत भेटिएका छन्।

बिहीबार नै जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा गरि २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनर्वास नगरपालिका ४ को घ गाउँमा रहेको महादुर्गा टाटा इँटा भट्टामा कार्यरत ७१ वर्षीय किसुन सरोज मृत अवस्थामा फेला परेको बताए। 

राति सुतेका भारतको प्रतापगढ जिल्लाको नवहता ग्राम घर भएका सरोज बिहान मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक थापाले दिनेशखबरलाइ बताए। 

यस्तै  भीमदत्त नगरपालिका १८ को पत्थरपुरमा २५ वर्षीय रमेश चौधरी पनि मृत भेटिएको उनले बताए। चौधरी आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 

उनका अनुसार दुवैका मृतकका आफन्तले परीक्षणपछि शव बुझेका छन्।

यसअघि बिहीबार बिहान नै जिल्लाको वेदकोट नगरपालिका २ मा ससुराली गएका युवक मृत भेटिएका थिए। 

कमेन्ट लोड गर्नुस