सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा श्रीमतीसँगै ससुराली गएका युवक मृत भेटिए

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ९, ०६:१६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ससुराली गएका युवक मृत अवस्थामा फेला परेका छन्। 

जिल्लाको वेदकोट नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका-२ मा रहेका ससुराली घरको आगनमा लडिरहेको अवस्थामा भेटिएका दमाइको मृत्यु भएको दिनेखबरलाइ बताए। 

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार सासुआमा बिरामी भएकाले श्रीमती बिनता दमाइसँगै भेटघाट गर्न गएका उनको बिहीबार बिहान मृत्यु भएको हो। 

मदिरा समेत सेवन गर्दै आएका श्रीमानलाइ ससुरालीमै छोडेर श्रीमती बिनता भने बिहीबार बिहान नै त्यहाँबाट घरतर्फ हिडेकी थिइन्। 

लडेको अवस्थामा भेटिएका उनका श्रीमानलाइ महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। दमाइको आगनमा लडेकै बेला मृत्यु भएको अनुमान गरिएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस