सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चपुरमा सशस्त्र प्रहरीद्वारा तीन लाख २१ हजार बढीको अवैध सामान बरामद

२०७७ माघ ८, ०९:१४ खबर संवाददाता

धनगढीः कञ्चपुरमा सशस्त्र प्रहरीले तीन लाख २१ हजार बढीको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल दोधारा चाँदनी, ब्रह्मदेव र गड्डाचौकीबाट खटिएको टोलीले कञ्चनपुरको ऐरी, झुलुङ्गे पुल र ब्रह्मदेव इलाका गरि भारतबाट भन्सार छली ल्याउँदै गरेको ४ क्विन्टल प्रतिबन्धित बोइलर कुखुरा, मोटरसाइकल, हार्डवेयरका सामान र अवैध काठसहित ३ लाख २१ हजार २८० रूपैयाँ बराबरको सामान बरामद गरेको छ।

यससँगै अवैध सामान तस्करी गर्ने चार जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानमध्ये मोटरसाइकल, हार्डवेयरका सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, प्रतिबन्धित बोइलर कुखुरालाई पशु क्वारेन्टाइन कार्यलय र काठलाई वन कार्यालयमा बुझाइएको छ।

कमेन्ट लोड गर्नुस