सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपा कैलालीद्वारा सुदूरपश्चिम बन्दको आह्वान

२०७७ माघ ८, ०७:३९ खबर संवाददाता

धनगढीः  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले माघ १० गते सुदूरपश्चिम बन्दको आह्वान गरेको छ। 

सरकारद्वारा गिरफ्तारीमा परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै बन्दको आह्वान गरेको हो। 

बिहिबाार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्सवको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले रिहाइको माग गरेको हो। 

पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगात नेता-कार्यकर्ताहरूलाई ओली सरकारले बिना कारण ललितपुरबाट गैर न्यायिक रूपमा पक्राउ गरिएको भन्दै रिहाइको माग गरेको छ। 

"जनताको अधिकारको हुनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरूद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्तालाई खोजी-खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु. जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यताको समेत धज्जी उडाउनु हो", जिल्ला सचिव करनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कमेन्ट लोड गर्नुस