सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको पिएडीमाथि ओलीको प्रश्न, भने– के विषयको डा हो, कुन डा, केको डा

२०७७ माघ ८, ०४:२७ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नेपाल कम्युनिस्ट पार्टी(प्रचण्ड–नेपाल) समूहका नेता भीम रावलको कडा आलोचना गरेका छन्। बिहीबार प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले तथ्यहीन एक समाचारको सन्दर्भ लिँदै भीम रावलको आलोचना गरेका हुन। 

‘एउटा भर्खरभर्खर डा लेख्न थालेकाले अस्ति भाषण गरे– केपी ओलीले महिलाको किड्नी राखेको, त्यसकारण दिमाग खुस्कियो। महिलामाथि कत्रो अपमान’ उनले भने।

यस्तै उनले भीम रावलको पिएडी उपाधीमाथि नै प्रश्न उठाएका छन्। ‘डा लेखेका छन्, डा केमा लेखेका हुन् थाहा छैन। के विषयको डा हो, थाहा छैन। डा लेखेको छ तर केपी ओलीको दिमागले काम गर्दैन। किनभने किड्नीचाहिँ महिलाको राखेको छ रे’ उनले भने, ‘महिलाको किड्नीले काम गर्दैन भनेपछि, महिलाको त दिमागले झन्, मैले एउटा किड्नी राख्दा त काम गरेन भने दुइटै किड्नी भएका महिलाको दिमागले त काम गर्ने कुरै भएन। यो खालको, बुद्धिचाहिँ कहाँ छ भने डा लेखेर के गर्ने, कुन डा हो, कुन डा, केको डा हो, केको डा।

यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको खबरहरु सार्वजनिक भएका थिए। उक्त खबरप्रति नेता रावलले अपत्ति जनाएका थिए।

नेकपाका नेता भीम रावललाई जोडेर प्रकाशित सो समाचार झुटो रहेको सार्वजनिक भएको थियो।


 

कमेन्ट लोड गर्नुस