सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

२०७७ माघ ८, ०४:०८

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो । जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ । 

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ । –सिन्ह्वा
 

कमेन्ट लोड गर्नुस