सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ दिनदेखि बेपत्ता महिला यस्तो अवस्थामा फेला परिन

२०७७ माघ ८, ०३:१८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा हराइरहेकी महिला फेला परेकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय हराएको ३ दिनपछि फेला परेकी हुन। 

मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खोजीका क्रममा बुधबार(हिजो) उनको साइकल भीमदत्त नगरपालिका–९ मा फेला परेको थियो। 

आज साइकल भेटिएकै स्थानको केही पर पाण्डेय सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

‘बाहिरी चोटपटक केही नभएको तर स्वास्थ्य अवस्था कमजोर भएको अवस्थामा भेटिएकी उनलाई(विन्दु) उपचारका लागि महाकाली अस्पतालमा लगिएको छ’ उनले भने, ‘३ दिनसम्म कहाँ गएको भनेर सोधपुछ गर्दा केही बोल्नुभएन। अनुन्धानबाट बिस्तारै सबै खुल्नेछ।’

प्रहरी नायव उपरीक्षक थापाका अनुसार युवतीका आफन्तले थप स्वास्थ्य परीक्षण गर्ने बताएका छन्। 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 
 

कमेन्ट लोड गर्नुस