सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर बसपार्कबाट डेढ लाख बढी बराबरको अवैध सामान बरामद

२०७७ माघ ८, ०२:४२ खबर संवाददाता

धनगढी: प्रहरीले कञ्चनपुर बसपार्कबाट डेढ लाख बढी बराबरको अवैध सामान बरामद गरेको छ।

भीमदत्त नगरपालिका–४ मा रहेको बसपार्कबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको प्रहरीले जनाएको छ। 

भारतबाट ल्याएको ९६ थान लेडिज उलन सुट, बिडी ८२ बण्डल र खुल्ला बिडी ५ सय ५० पोका गरि अन्दाजी १ लाख ६६ हजार ९ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

बरामद सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस