सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्याउ खेतीमा लागेका कञ्चनपुरका मुक्त कमैयालाई मेसिन प्रदान

२०७७ माघ ८, ०७:२९ खबर संवाददाता

धनगढी : च्याउ खेतीमा लागेका कञ्चनपुरका मुक्त कमैयालाई मेसिन प्रदान गरिएको छ ।

जिल्लाको वेदकोट नगरपालिका -३ मा रहेको मुक्त कमैया शिविर आशापुरमा च्याउ उत्पादनका लागि मेसिन प्रदान गरिएको हो । 

वेदकोट नगरपालिका र स्वीट नेपालले युएनडिपिको साझेदारीमा सञ्चालन गरेको कोभिड १९ प्रतिक्रिया समाजिक अर्थिक पुनः प्राप्ति आयोजना अन्तर्गत ५० जनालाई मेसिन दिइएको बताइएको छ ।


 

कमेन्ट लोड गर्नुस