सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्तमा डायलासिस सेन्टर सञ्चालन गरिने

२०७७ माघ ८, ०७:१२ खबर संवाददाता

धनगढी : भीमदत्त नगरपालिकामा डायलासिस सेन्टर सञ्चालन गरिने भएको छ । 

बुधबार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुले उक्त नगरपालिकाको ४३औं वर्ष तथा दोस्रो स्थापना दिवसका अवसरमा अबको एक महिनाभित्रै सेन्टर सञ्चालन गरिने बताएका हुन् । 

उनले जर्मनको दातृ निकायको सहयोगमा भीमदत्तसहित देशका २० सहरमा डायलासिस सेन्टर सञ्चालनका लागि सम्झौता भइरहेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ब्याञ्जुले सम्झौता अनुरुप नेपाल आउने दुई हजार ह्विलचेयरमध्ये सय ओटा भीमदत्तलाई प्रदान गरिने पनि बताएका छन् ।

यस्तै नगरपालिकाको स्थापना दिवसकै अवसरमा त्यहाँको वडा नम्बर १७ को कार्यालय भवन पनि उद्घाटन गरिएको छ । सो वडा कार्यालय भवनको उद्घाटन नगर प्रमुख सुरेन्द्र विष्टले गरेका थिए । 


 

कमेन्ट लोड गर्नुस